फेवा अतिक्रमण काण्ड: ‘अटेरी रेडिमिक्स्चर’ महानगरको नियन्त्रणमा
पाेखरा | असोज २, २०७९
कास्की: पोखरा महानगरपालिकाले पोखरा ६ लेकसाइडस्थित फेवाताल किनारमा मापडण्ड विपरित बनेको घरको ढलान गर्न लागेको रेडिमिक्स्चरलाई नियन्त्रणमा लिएको छ ।
ग १ क ४८२२ नम्बरको फेवा प्रालिको रेडिमिक्स्चरलाई लेकसाइडबाट आज (आइतबार) पोखरा महानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
फेवातालको ६५ मिटर मापडण्डभित्र निर्माणाधिन दीपेन्द्र महर्जनको घरको ढलान गर्न उक्त रेडिमिक्स्चर पुगेको महानगर स्रोतले बतायो । ‘हिजो महानगरप्रमुखनै गएर दीपेन्द्रलाई तालदेखि ६५ मिटरभित्र भइरहेको घर निर्माणको काम रोक्न भनिसकेको अवस्था हो, स्रोतले भन्यो, ‘आज उसले अटेर गरेर ढलान गर्न त्यो रेडिमिक्स्चर लगेको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएका हौं ।’
हिजो (शनिबार) मात्रै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड पुगेर फेवातालको ६५ मिटरको मापडण्डभित्रको संरचना हटाउन र कुनै पनि नयाँ संरचना नबनाउन उर्दी जारी गरेका थिए ।

सोही क्षेत्रमा निर्माणाधिन घरको ढलान गर्न फेवाको रेडिमिक्स्चर पुगेको थियो । घरधनी महर्जनले अटेर गर्दै निर्माण रोक्नुको सट्टा ढलान प्रक्रिया अघि बढाएपछि नगर प्रहरीले रेडिमिक्सरलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।
यसैबीच महानगरले पोखरा महानगरपालिकाभित्र निर्माण भएको संरचना मापडण्ड अनुसार भए नभएको यकिन गरेर मात्र सेवा प्रदान गर्न निर्माण व्यवसायीहरुलाई सुचित गरेको छ ।

महानगरले आज सुचना जारी गर्दै मापडण्ड विपरित निर्माण भइरहेको संरचनामा कुनैपनि निर्माण व्यवसायी कम्पनीले सेवा प्रदान गरेको भेटिएमा त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका समाग्रीहरु कानून बमोजिम नियन्त्रणमा लिइने सुचनामा उल्लेख छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

